गण्डकीमा थप एक सय ५५ जना संक्रमित, दुईको मृत्यु

192

गण्डकी । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ९ सय ४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थप हुनेमा कास्कीका ९८, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक÷एक जना छन् ।

गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मंगलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैँडाकोटका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...