झापा । मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा बुधबार बिहान ९ बजे उनको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए ।
निमोनिया संक्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादसैँको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।