धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या

249

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेला परेको हो ।

केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले राससलाई जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...