धरानमा थप एक संक्रमितको मृत्यु

143

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा संक्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...