हुम्लाका महिलालाई निः शुल्क सेनेटरी प्याड सहयोग

826

सिमकोट । हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १ सय ५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २ सय ४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १ सय ५० महिलालाई निःशुल्क सहयोग गरिएको हो ।

हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्न काठमाडौंमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाहरुले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

यस्तै २ सय ४० घरधुरी रहेको वडा नम्बर १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नम्बर १ का प्रतिघरलाई एक काल्टिन र एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...