सिमोना हालेप फ्रेन्च ओपनको चौथो चरणमा

109

एजेन्सी । फ्रान्समा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सिमोना हालेप चौथो चरणमा प्रवेश गरेकी छन् ।

रोमानियाकी विश्व नम्बर एक टेनिस स्टार हालेपले अमेरिकी आमन्डा अनिसिमोवालाई २० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा पुगेकी हुन् ।

फिलिप च्यार्टियर कोर्टमा भएको प्रतियोगिता ५४ मिनेटसम्म चलेको थियो । हालेपले पहिलो सेट ६-० र दोस्रो सेट ६-१ ले जितिन् । पहिलो सेटमा आमन्डाले एक प्वाइन्ट पनि लिन सकिनन् ।

यस्तै, गएराति नै भएको अन्य खेलमा एलिना स्विसोलिना एकातेरिना अलेक्जान्ड्रोभालाई ६-४ र ७-५ को स्कोरमा पराजित गरिन् । यस्तै, किकी बर्टन्सले कटेइना सिनाकोवलाई तथा क्यारोलिन गार्सियाले एलिस मर्टेन्समाथि जित हासिल गर्दै चौथो चरणमा प्रवेश गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...