कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

156

मोरङ । विराटनगरमा शनिबार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो ।

त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुवै जनाको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...