काेलकाताकाे प्लेअफमा पुग्ने सम्भावना बलियाे : दिल्ली ५९ रनले पराजित

157

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत काेलकाता नाइट राइडर्स विजयी भएकाे छ । शनिबार सम्पन्न खेलमा काेलकाताले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेकाे हाे ।

१ सय ९५ रनकाे लक्ष्य पाएकाे दिल्लीले १ सय ३५ रन मात्र बनाउन सक्याे । दिल्लीका कप्तान श्रेयास आयरले ४७, ऋषभ पन्तले २७, रविचन्द्रन अश्विनले १४ तथा शिम्राेन हिटमेयरले १० रन जाेड्नुबाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन ।

शून्य रनमा पहिलाे विकेट गुमाएकाे दिल्लीका खेलाडी निरन्तरकाे अन्तरालमा आउट भए । यस्तै, दिल्लीका ६ जना ब्याट्सम्यानले दाेहाेराे रन जाेड्न सकेन ।

दिल्लीलाई कम याेगफलमा राेक्ने क्रममा काेलकाताका वरूण चक्रवर्तीले पाँच, प्याट कमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए । दिल्लीविरूद्ध पाँच विकेट लिएका चक्रवर्ती १३औं आइपिएलमा पहिलाे पाँच विकेट लिने खेलाडी समेत बने । उनले ओभरमा २० रन खर्चेर आयर, पन्त, हिटमेयर,मर्कूस स्टाेइनिस र अक्षर पटेलकाे विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे काेलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९४ रन बनाएकाे थियाे ।

सुरूवात खराब रहेपनि सुनिल नारायन र नितिश रानाले चाैथाे विकेटका लागि १ सय १५ रनकाे साझेदारी गर्दै टाेलीलाई मझबुद स्थितिमा पुर्याए । रानाले ८१ तथा नारायनले ६४ रनकाे अर्धशतकीय पारी खेले । रानाले ५३ बलमा १ छक्का र १३ चाैकासहित ८१ रन बनाउँदा नारायनले ३२ बलमा ४ छक्का र ६ चाैकाकाे मद्धतमा ६४ रन जाेडे ।

यसैगरी, कप्तान इयान माेर्गानले १७, राहुल त्रिपाठीले १३ तथा शुभमन गिलले ९ रनकाे याेगदान दिए ।

दिल्लीका एनरिच नाेर्ट्जे, कगिसाे रबडा र मर्कूस स्टाेइनिसले समान २-२ विकेट लिए ।

जितसँगै काेलकाताले ११ खेलबाट १२ अंक जाेड्दै प्लेअफमा पुग्ने सम्भावना मजबुद बनाएकाे छ । पराजित दिल्ली भने दाेस्राे स्थानमा यथावत रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...