पछिल्लो २४ घन्टामा देशभर थप २,२२५ संक्रमित : संक्रमणबाट १३ जनाको मृत्यु

149

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोनामुक्त भएर नियमित कार्यमा फर्किएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

१३ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...