काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने ११औं खेलमा पनि खेल्ने माैका पाएनन् ।
अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको दिल्ली क्यापिटल्सले सन्दीपलाई आज पनि बेन्चमै राखेका हुन् । यो सँगै सन्दीप लगातार आइपिएलमा ११ खेलसम्म बेन्चमै रहेका छन् ।
दिल्लीबाट दुई सिजनमा ९ खेल खेलेका सन्दीपले १३ विकेट लिएका छन् ।