नयाँदिल्ली अहिलेसम्मकै बढी प्रदूषित

172

नयाँदिल्ली, पिटिआई । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदूषित हुँदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्युआई) मा ३ सय ४६ देखिएकाले गुणस्तरको अवस्था न्यून हुँदै गएको पाइएको हो ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको जनाएका छन् । वायु प्रदूषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् । यसअघि गत शुक्रबार ३ सय ६६ र बिहीबार ३ सय २ एक्युआई मापन गरिएको थियो ।

वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १ सयसम्म हुँदा सन्तोषजनक, १०१ देखि २ सयसम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३ सयसम्म कमजोर, ३०१ देखि ४ सयसम्म अति कमजोर र ४०१ देखि ५ सयसम्म अति घातक मानिन्छ ।

हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्बन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँदिल्ली विश्वकै धेरै प्रदूषित शहरको रुपमा चिनिदै आएको छ । प्रदूषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...