फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत्

149

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।

फिफाले बिहीबार जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बंगलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिण एसियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बंगलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २००औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथो र पाँचौँ स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...