आइपिएल २०२० : काेलकाताद्वारा बेङ्गलाेरलाई ८५ रनकाे सामान्य लक्ष्य

257

काठमाडाैं । युएइमा जारी १३औँ संस्करणकाे इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत काेलकाता नाइट राइडर्सले राेयल च्यालेञ्जर्स बेङ्गलाेरलाई ८५ रनकाे लक्ष्य दिएकाे छ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ राेजेकाे काेलकाताले ८ विकेटकाे क्षतिमा ८४ रन मात्र बनाएकाे थियाे । आजकाे खेलमा काेलकाताले दुई जना खेलाडीलाई परिवर्तन गरेकाे थियाे । शिभम् मावीकाे स्थानमा टाेम बन्टाेन र आन्द्रे रसेललाई प्रसिद्भ कृष्णले प्रतिस्थापन गरेका थिए । काेलकाताका ब्याट्सम्यान बेङ्गलाेरका बलरका सामू निरिह रहे । पावरप्लेमा महत्वपूर्ण चार विकेट गुमाएकाे थियाे ।

ओपनर सुभमन गिल र राहुल त्रिपाठी समान एक/एक, नितिश राना शून्य तथा टाेम बन्टाेन १० रनमा आउट भए । काेलकाताकाे पावरप्लेमा याे नै सबैभन्दा कम याेगफल हाे । १७/४ विकेट गुमाएकाे काेलकाताकाे यसअघि सन् २००९ मा २१/३ बनाएकाे थियाे । साथै आइपिएल २०२० काे पनि याे सबैभन्दा कम याेगफल हाे । यसअघि दिल्लीले पञ्जाबविरूद्ध २३ रन जाेडेका थिए ।

काेलकाताका कप्तान इयान माेर्गानले सर्वाधिक ३० रन बनाए । यस्तै लक्की फर्गुसनले नटआउट १९ तथा कुलदीप यादवले १२ रनकाे पारी खेले ।

काेलकाताविरूद्ध बेङ्गलाेरका तीन जना बलरले मेडन ओभर बलिङ गरे । माेहम्मद सिराजले २, क्रिस माेरिस र वासिङ्टन सुन्दरले एक/एक ओभर मेडन बलिङ गरे । काेलकातालाई कम स्काेरका राेक्ने क्रममा सिराजले ३, युजवेन्द्र चाहलले २ तथा सुन्दर र नवदीप सैनीले एक/एक विकेट लिए ।

यसअघि भएकाे लिग चरणकाे पहिलाे खेलमा काेलकातामाथि बेङ्गलाेर ८२ रनकाे फराकिलाे अन्तरले विजयी भएकाे थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...