नेपालमा अहिलेसम्मकै उच्च संक्रमण : पछिल्लाे २४ घन्टामा ५,७४३ जना संक्रमित

215

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च फेला परेकाे छ । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएकाे जानकारी दिए ।

याेसँगै देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । कूल संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...