दिल्लीलाई ५ विकेटले पराजित गर्दै पञ्जाब पाँचाैँ स्थानमा उक्लियाे

152

काठमाडौं । युएइमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किङ्स इलावेन पञ्जाब विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ६५ रनको लक्ष्य पच्छाएको पञ्जाबले १९औँ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्यो । पञ्जाबको जितमा निकोलस पूरनले ५३, ग्लेन म्याक्सवेलले ३२, क्रिस गेलले २९ रनकाे याेगदान दिए । यसैगरी, पञ्जाबका कप्तान लाेकेश राहुलले १५ बनाए भने, दीपक हूडाले नटआउट १५ तथा जेम्स नीसमले १० रनकाे पारी खेले ।

दिल्लीका कगिसाे रबडा, अक्षर पटेल र रविचन्द्रन अश्विनले समान एक-एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा रन १ सय ६४ बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले नटआउट १ सय ६ रनको शतकीय पारी खेले । आइपिएल २०२० मा लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा धवनले ६१ बलमा ३ छक्का र १२ चौकाको सहयोगमा १ सय ६ रन बनाए ।

यस्तै, दिल्लीका पृथ्वी शाँ पहिलो विकेटका रुपमा आउट हुन पुगे । उनले ११ बलमा मात्र ७ रन जोड्दै जेम्स नीसमको बलमा ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट भए । यस्तै, दोस्रो विकेटका लागि धवनसँग ४८ रनको साझेदारी गरेका कप्तान श्रेयास आयर र ऋषभ पन्तले समान १४(१४ रन बनाए ।

पञ्जाबका मोहम्मद शामीले २, जेम्स नीसम, ग्लेन म्याक्सवेल र मुरूगन अश्विनले समान एकरएक विकेट लिए ।

यसअघि भएको पहिलो लिगमा दिल्ली सुपर ओभरमा विजयी भएको थियो ।

दिल्लीमाथि विजयी भएकाे पञ्जाबले दश खेलबाट ८ अंक जाेड्दै पाँचाैँ स्थानमा उक्लिएकाे छ, भने पराजित दिल्ली १४ अंकसहित पहिलाे स्थानमा यथावत नै रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...