राफेल नाडाल र डोमिनिक थिम फ्रेच्न ओपनको चौथो चरणमा प्रवेश

163

एजेन्सी । राफेल नाडाल र डोमिनिक थिम फ्रान्समा जारी फ्रेन्च ओपन २०२० को चौथो चरणमा प्रवेश गरेका छन् । स्पेनिस टेनिस स्टार ३४ वर्षीय नाडालले स्टेफानो ट्राभागलियालाई ३-० काे सोझो सेटमा पाखा लगाउँदै अन्तिम १६ मा पुगेका हुन् ।

फिलिप च्यार्टियर कोर्टमा भएको खेलमा नाडालले ट्राभागलियालाई ६-१, ६-४ र ६-० को सेटमा पराजित गरे ।

यस्तै, गएराति भएको खेलमा विश्व नम्बर ३ डोमिनिक थिमले क्यास्पर रुउडलाई हराउँदै अन्तिम १६ मा पुगेको हो । थिमले पनि रुउडलाई ६-४, ६-३ र ६-१ को सेटमा पराजित गरे ।

यसैगरी, शुक्रबार भएको अन्य खेलमा अलेक्जेन्डर ज्वेरेव, डिएगो श्वार्ट्जम्यान, जेन्निक सिनर र सेबास्टियन कोर्डा विजयी भएका थिए भने, १६औं वरियताका स्टेन वावरिन्का ह्यूगो ग्यास्टनसँग ३-२ को सेटमा पराजित हुँदै प्रतियाेगिताबाट बाहिरीए ।

प्रिक्वाटरफाइनलमा नाडालले सेबास्टियन कोर्डासँग र थिमले ह्यूगो ग्यास्टनसँग प्रतिस्पर्धा गर्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...