आइपिएल २०२० : पञ्जावद्वारा चेन्नइलाई १७९ रनको लक्ष्य

160

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा किङ्स इलावेन पञ्जावले चेन्नइ सुपर किङ्सलाई १ सय ७९ रनको लक्ष्य दिएको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १ सय ७८ बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुलसँग अर्धशतकीय साझेदारी गरेका मयंक अग्रवाल टोलीको ६१ रन हुँदा आउट भए । राहुलले सर्वाधिक ६३ रनको पारी खेले । यस्तै, निकोलास पूरनले ३३, मन्दीप सिंहले २७, अग्रवालले २६ तथा सर्फराज खानले १४ रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २, रविन्द्र जडेजा र पियुस चावलाले समान १-१ विकेट लिए ।

दुवै टाेली चार खेलबाट समान एकमा जित र तीन खेलमा हारसहित दुई अंककासाथ  क्रमशः पञ्जाव साताैं र चेन्नइ पुछारमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...