पछिल्लो २४ घण्टामा प्रदेश एकका ४७४ जनालाई कोरोना संकमण

172

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नम्बर १ मा ४ सय ७४ कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ सय ४९ महिला र ३ सय २५ पुरुष छन् ।

थपिएका संक्रमितमा मोरङका २ सय ६५ मध्ये विराटनगरका १ सय ५४, सुनसरीमा ९३, झापाका ५६, उदयपुरका २९, इलाममा सात, सङ्खुवासभाका पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गाका एक/एक तथा प्रदेश बाहिरका १३ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४ सय ६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८ सय ५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...