आइपिएल २०२० : सुपर ओभरमा कोलकात्ता विजयी

127

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । कोलकात्ताले सुपर ओभरमा सनराइजर्स हैदराबालाई पराजित गरेको हो ।

सुपर ओभरमा तीन रनको लक्ष्य पाएको कोलकात्ताले चार बलमा भेट्टाएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदराबादले मात्र दुई रन बनाएको थियो ।

यसअघि, कोलकात्ताले दिएको १ सय ६४ रनको लक्ष्य पाएको हैदराबादले ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । डेविड वार्नरले ४७, जोनी बेइस्ट्रोले ३६, केन विलियम्सनले ३९ तथा अब्दुल सामदले २३ रनको पारी खेलेका थिए ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकात्ताले निर्धारित २० ओभरमा १ सय ६३ रन बनाएको थियो ।

पावरप्लेमा राम्रो सुरूवात गरेका कोलकात्ताका लागि शुभमन गिल र राहुल त्रिपाठीले ४८ रनको साझेदारी गरेका थिए । शुभमन गिलले ३६ तथा त्रिपाठीले २३ रन बनाए । यस्तै, कोलकात्ताका कप्तान इयान मोर्गानले ३४, नितिश राना र दिनेश कार्तिकले समान २९–२९ तथा आन्द्रे रसेलले ९ रनको योगदान दिए ।

हैदराबादका टी नटराजनले २ तथा विजय शंकर, राशिद खान र बसिल थाम्पीले समान एक–एक विकेट लिए ।

हैदराबादमाथि जित हासिल गरेकाे काेलकात्ताले ९ खेलबाट पाँचमा जित र ४ खेलमा हारसहित १० अंक जाेड्दै अंक तालिकामा हैदराबाद, चेन्नइ र राजस्थानसँगकाे दूरी चार अंकले बढाएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...