कोलकात्तामाथि ८ विकेटले विजयी हुँदै मुम्बइ पुनः शीर्ष स्थानमा उक्लियो

221

काठमाडौ । १३औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा मुम्बइले काेलकात्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेकाे हाे ।

१ सय ४९ रनकाे लक्ष्य पच्छाएकाे मुम्बइले १६.५ ओभरमा दुई विकेटकाे क्षतिमा भेट्टाएकाे थियाे । मुम्बइका क्वुइन्टन डि काेकले ७८ र हार्दिक पाण्ड्याले २१ रनकाे नटआउट पारी खेले । ४४ बलकाे सामना गरेका क्वुइन्टनले ३ छक्का र ९ चाैकाकाे मद्धतमा ७८ रन जाेडे ।

यस्तै, राेहित शर्माले ३५ तथा सूर्यकुमार यादवले १० रनकाे याेगदान दिए ।

काेलकात्ताका शिभम् माभी र वरूण चक्रवर्तीले समान  एक-एक विकेट लिए ।

यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा जस जितेर पहिले ब्याटिङ गरेको कोलकात्ताले १ सय ४८ रन बनाएको थियो ।

छैटाैँ विकेटका लागि कप्तान इयान माेर्गान र प्याट कमिन्सले ८७ रनकाे साझेदारी गरेपछि काेलकात्ताले १ सय ४८ रनकाे सम्मानजनक याेगफल बनाएकाे हाे ।

कमिन्सले नटआउट ५३ तथा माेर्गानले ३९ रनकाे पारी खेले । कमिन्सले ३६ बल खेल्दै २ छक्का र ५ चाैकाकाे सहयाेगमा ५३ रन बनाए । यस्तै, शुभमन गिलले २१ तथा आन्द्रे रसेलले १२ रन जाेडेका थिए ।

मुम्बइका राहुल चाहरले २, ट्रेन्ट बाेल्ट, जसप्रीत बुम्राह र नाथान कुल्टर नीलले समान एक-एक विटेक लिए ।

काेलकात्तामाथिकाे जितसँगै मुम्बइ पुनः शीर्ष स्थानमा उक्लिएकाे छ । ८ खेलबाट समान १२ अंक जाेडेपनि दिल्ली क्यापिटल्स रनरेटका आधारमा पछि पर्दै दाेस्राे स्थानमा झरेकाे छ । यस्तै, बेङ्गलाेर तेस्राे तथा मुम्बइसँग पराजित काेलकात्ता चाैथाे स्थानमा यथावत रहेकाे छ ।

यसैगरी, हैदराबाद, चेन्नइ, राजस्थान र पञ्जाव क्रमशः पाँचाैँ, छैटाैँ, साताैँ र आठाैँ स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...