६२ जिल्लामा निषेधाज्ञा, ५१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशक [सूचीसहित]

काेराेना कहर

656

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ जिल्लामा निषेधाज्ञा लगाएको छ ।

हालसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आशिंक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । शनिबार थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २,३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ ४ गतेसम्म विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

मन्त्रालयले काम नपरि बाहि ननिस्कन आग्रहसमेत गरेको छ ।

अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण 25
Share This:
सम्बन्धित खबर
Loading...