काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षण प्रेमत्तवज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छिन् ।
उनले आज बेलुकी ट्विट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलीका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरिन् ।
“नेपाली साङ्गीतिक आकाशका उज्जवल नक्षत्र वरिष्ट गायक प्रेमध्वज प्रधानको निधनको खबरले मलाई दुःखी तुल्याएको छ। स्वर्गीय प्रधानप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,” राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्,“नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं।”
नेपाली साङ्गीतिक आकाशका उज्जवल नक्षत्र वरिष्ट गायक प्रेमध्वज प्रधानको निधनको खबरले मलाई दु:खी तुल्याएको छ। स्वर्गीय प्रधानप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं।
— Bidya Devi Bhandari (@PresidentofNP) May 6, 2021