बादलविरुद्ध कांग्रेस–माओवादीले देवकोटालाई साझा उम्मेदवार बनाउने

597

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएको छ ।

बुधबार देवकोटालाई उम्मेरदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा संसदीय दतका नेता दीनानाथ शर्माले जानकारी दिए ।

सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । तर, औपचारिक निर्णय भने गरिसकेको छैन ।

बादल एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेपछि रिक्त भएको पदमा आउदो जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...