पाख्रिबासको जंगलमा श्रीमान्–श्रीमती मृत फेला

508

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा पाख्रिबास ६ तिल्केका २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ।

युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।

श्रीमान‍ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...