रुपन्देही, बाँके र पाल्पामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

273

काठमाडौं । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घन्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष र बुटवल–११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज–७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा–११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३०, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी बताए ।

पाल्पामा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको निधन भएको छ । रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको आज बिहान करिब साढे २ बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...