लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए शपथ

508

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । प्रदेश प्रमुखकाे कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्रीकाे कार्यालयमा शपथग्रहण गराइएकाे हाे ।

उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई शपथ गराएका हुन्।

पाेखरेलले आइतबार बिहान राजीनामा दिइ, बहुमतप्राप्त संसदीय दलकाे नेताकाे हैसियतमा सरकार गठनका लागि ४१ सांसद्काे हस्ताक्षर बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलसँगै आन्तरिक, मामिला तथा कानुनमन्त्री बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री हरि रिजालले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...