काठमाडौं । सरकारले कोरोना संक्रमणको दर तीव्ररुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तिरिक र अन्तर्राष्ट्रिय उडान वैशाख मसमान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक र वैशाख २२ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ ।