लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, बुझाए ४२ सांसदको हस्ताक्षर

432

बुटवल । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसद्को हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे लगत्तै ४२ सांसद्को हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

यसमा सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...