प्रदेश नम्बर १ : ७२५ परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि

506

विराटनगर । प्रदेश नम्बर १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय १७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ८२ पुगेको छ । प्रदेश १ मा आज ७२५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १ सय २२ महिला र १ सय ४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...