बझाङमा २० वैशाखदेखि एक सातासम्म निषेधाज्ञा

402

बझाङ । कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ ।

जिल्लामा बाहिरबाट आउने क्रम र जथाभावी हिँड्डुल गर्ने क्रम नरोकिएको भन्दै आज बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी) को बैठकले जिल्लाभर लागु हुने गरी २० गते बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु पाइने पसल बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने, बैंक तथा वित्तिय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

यस्तै मालबाहक ट्रक, एम्बलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधन चलाउन नपाइने र विकास निर्माणका कार्यहरु स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने निर्णय डिसिसिएमसीले गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...