डडेलधुरामा वैशाख १९ गतेदेखि निषेधाज्ञा

168

डडेलधुरा । जिल्लामा वैशाख १९ गते देखि निषेधाज्ञा हुने भएको छ । वैशाख १९ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।

आज बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरिने उनले बताए ।

निषेधाज्ञा समयमा अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने छन् । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...