काठमाडौं । हिमाल सफाइका क्रममा १५ वर्षअघि हराइरहेको हेलिकोप्टर र मानव अवशेष भेटिएको छ ।
नेपाली सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकोप्टरको अवशेष फेला परेको बताएको हो ।
हिजो धवलागिरि बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन इक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली वेस क्याम्पतर्फ ९ एनएसीआर लेखेको हेलिकोप्टरको अवशेष समेत फेला परेको सेनाले बताएको छ ।
मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानबिन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
