२४ घन्टामा थपिए ५,७२७ संक्रमित, ३३ जनाको मृत्यु

799

काठमाडौं । २४ घन्टामा देशभरबाट ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार ९ सय १६ जनाको नमुना परीक्षणको नतिजामा कुल ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ हजार ७ सय २७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । यीमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जना गरी उपत्यकामा २ हजार ९ सय ५६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३१ जना र भेन्टिलेटरमा १ सय १५ जना उपचाररत छन् ।

शुक्रबार देशभर ९ सय २८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९ सय २८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८१ह जार ९५ जना पुगेको छ । निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा ३३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...