मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

369

मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ ।

घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेका अनुसार एन्टिजेन परीक्षण गर्दा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोनामुक्त रहेको मुस्ताङमा पछिल्लो हप्तायता संक्रमित भेटिन थालेका छन् । मुस्ताङमा अहिले ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...