खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

561

काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...