पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण

623

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ढुंगानाले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै सावधानी अपनाउँदा अपनाउँदै संक्रमणको शिकार बनेको उल्लेख गरेका छन् ।

“सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,” उनले ट्विटरमा लेखेका छन्,“उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु।”

 

उनले महामारी नियन्त्रणका लागि सरकारले के काम गर्दैछ भनी प्रश्नसमेत गरेका छन् ।

“समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?” उनले प्रश्न गरे ।

Share This:
सम्बन्धित खबर
Loading...