भारतमा अक्सिजन र बेड नपाएर स्वादेश फर्किएका नेपालीको बाटोमै मृत्यु

1,096

काठमाडौं । भारतको राजधानी दिल्लीमा रहेको सरकारी तथा निजी अस्पतालमा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुई नेपालीको उत्तर प्रदेशमा मृत्यु भएको छ ।

कोरोना संक्रमित दुई नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकाेटका हरी लौरा र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।

लौरा दिल्लीको पहाडगञ्जमा रामराजा होटलका सञ्चालक हुन् भने भट्ट सामाजिक अभियन्ता हुन् ।

लौराको उत्तर प्रदेश लखनऊमा र भट्टको उत्तर प्रदेशको मुरादाबादमा मृत्यु भएको खड्काले बताएका छन् ।

प्रवासी नेपालीहरु जीवन जोगाउन र मर्नु परेपनि आफ्नै जन्मभूमिमा मर्ने भन्दै नेपाल फर्कन थालेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...