कैलाली र कञ्चनपुरमा ३ जना संक्रमितको मृत्यु

351

कैलाली । कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको पहिलो दिन ३ जना संक्रमितको मृत्यु भएको छ । आज बिहानै कैलालीमा १ र कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको मृत्यु भएको छ ।

२१ वर्षीय युवकमा ब्लड क्यान्सर रोगी थिए भने चाँदनी नगरपालिकाका ३० बर्षीय युवकलाई कडा खालको निमोनिया रहेको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...