रुपन्देहीमा एकैदिन थपिए ३८० संक्रमित, ६ जनाको मृत्यु

436

रुपन्देही । रुपन्देहीमा बुधबार थप ३८० जना संक्रमित फेला परेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ६११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५५६ पिसिआर नमुना परीक्षण गर्दा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका १४३, तिलोत्तमा नगरपालिकाका ७३, सिद्धार्थनगर नगरपालिकाका ५९, सुद्धोधन गाउपालिकाका ४९, सैनामैना नगरपालिकाका २१, देवदह नगरपालिकाका १२ रहेका छन् ।

यसैगरी, रोहिणी गाउँपालिकाका ८ जना, कञ्चन गाउँपालिकाका ५, ओमसतिया गाउँपालिकाका ४, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकाका २–२ जना तथा सम्मरीमाई गाउँपालिका र गैडहवा गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३६ जना कोरोना संक्रमित निको भएका छन् । रुपन्देहीमा हालसम्म ९ हजार २१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा रुपन्देहीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म १८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...