कोरोनाविरुद्धको दुवै ‘मात्रा’ लगाएका २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

403

बागलुङ । कोरोनाविरुद्ध २ डोज (मात्र) खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।

२ महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । “खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,” घिमिरेले भने, “जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।”

१४ जना पिसिआर र एक जना एन्टिजिन परिक्षणमा गरी १५ मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको संक्रमित भएका १५ जनासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...