जसपाका शीर्ष ६ नेताको बैठक, बैठक राख्ने विषयमै विवाद

490

काठमाडौं । जनता समाजवादी पार्टीका ६ जना शीर्ष नेताहरूको बैठक सकिएको छ । पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

“पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भएको हो” उनले भने, “तर, छलफलमा कुनै निर्णय भएनन् । अब एक–दुई दिनमा फेरि बैठक बस्दैछ ।”

स्रोतका अनुसार, बैठक राख्ने विषयमै शीर्ष नेताहरुबीच विवाद भएको छ ।

बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

पछिल्लो सयम जसपाभित्र दुई मत देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली सरकारकै पक्षमा देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नुपर्ने पक्षमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...