प्रदेशसभाका ३ कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित

783

जनकपुरधाम । प्रदेश नम्बर २ प्रदेशसभाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कर्मचारीमा कोरोना संक्रमण पाइएकाले बैठक स्थगित गरिएको छ ।

मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

कर्मचारीमा संक्रमण देखिएलगत्तै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित ६५ जनाको स्वाब परीक्षण गरिँदैछ । स्वाब दिएका सबैको रिपोर्ट बिहीबारसम्म आउने निमित्त सचिव यादवले बताए ।

चैत ३० गतेदेखि सुरु भएको प्रदेशसभाको अधिवेशनले प्रदेशका नाम र स्थायी राजधानी टुंगो लगाउने प्रकियामा छ । वैशाख १० गतेको बैठकमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएको राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...