कास्कीमा १५ वैशाखदेखि एक सातासम्म निषेधाज्ञा, यातायातमा जोरबिजोर प्रणाली [आदेशसहित]

518

पोखरा । कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि प्रशासनले वैशाख १५ गते बुधबार बिहानदेखि कास्कीमा एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधधबारदेखि एक सातासम्मका लागि जिल्लामा निषेधाज्ञा लागु हुने सूचना जारी गरेको हो ।

सोमबार राति सूचना जारी गर्दै प्रशासनले वैशाख २१ राति १२ बजेसम्म निषेधाज्ञा रहने जनाएको छ । सूचनामा आदेश अवज्ञा गरे कारबाही हुने उल्लेख छ ।

दैनिक उपभोग्य खाद्यवस्तु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म स्वास्थ्इ मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ । सिनेमा हल, नाचघर, दोहोरी साँझ, बार, डिस्को, सुनचाँदी पसल, रंगशाला, जिमखाना, सैलुन तथा ब्युटि पार्लर क्षेत्र भने खोल्न नपाइने विज्ञप्तिमा उल्लेख छ ।

अति आवश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागु गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...