काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र उनको गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन भनी प्रश्न गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् कोरोनाबाट जोखिम अरुलाई भेला, बैठक, सभा समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उनका निकटस्थहरुलाई नै भेला, बैठक, समारोह गरिरहने भन्दै उनले प्रश्न उठाएका छन् ।
“कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो ? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ?” उनले खेलेको छन्, “कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ! कानुनका सामु सबै बराबर होइन र ?”
सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम ल्याएको भएपनि प्रधानमन्त्री आफैँले धरहरा उद्घाटन, बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटी बैठकमा सयौँको भीड जम्मा गरेका थिए ।
कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो?प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामु सबै बराबर होइन र?
— Bhim Rawal, PhD (@BhimRawal179) April 26, 2021