पिसिआर गर्नमात्रै आएका विदेशीको परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय

368

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर भयावहरुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा पनि बढ्दै गइरहेकोले अझ बढी जिम्मेवार भएर समाचार दिन पत्रकारहरुलाई आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले सार्वजनिक व्यक्तित्व, धेरैले चिन्ने र अनुसरण गर्ने व्यक्तिहरुको भूमिका यस्तो जोखिमको स्थितमा थप जिम्मेवारपूर्ण हुनुपर्ने भनेको छ ।

सकेसम्म सार्वजनिक कार्यक्रम नगर्न, गर्नै परे थोरै मानिसहरुको उपस्थितिमा मात्रै आयोजना गर्न र त्यस्ता कार्यक्रममा मास्क नलगाइ उपस्थित नहुन पुनःस्मरण गराएको छ ।

मन्त्रालयले अहिलेको गम्भीर अवस्थामा भिडभाड हुने कार्यक्रमहरुलाई निरुत्साहित गर्न भन्दै मास्क नलगाइ भएका सार्वजनिक कार्यक्रमको समाचार प्रकाशन प्रशारण नगर्न समेत सञ्चारमाध्यमहरुलाई अपिल गरेको छ ।

यसैगरी अर्को सूचनामा मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर वा पिसिआर परीक्षण गर्न मात्रै नेपाल आउने विदेशी नागरिकहरुको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन पनि दिएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...