उज्यालो नेटवर्क डटकमको कार्यालय प्रहरीद्वारा घेराउ

375

काठमाडौं । नेपाल प्रहरीले उज्यालोनेटवर्क डटकमको कार्यालयमा प्रहरीले बल प्रयोग गरेको छ ।

अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेका छन् ।

सो अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको जानकारी फेसबुकमा गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– “उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।”

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको ४ बुँदे सहमतीबारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घन्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।

उच्च अदालतअले सरकारलाई पत्रकारलाई समाचार लेखेकाइ भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...