२४ घन्टामा १४ को मृत्यु, थपिए २,३१९ संक्रमित

332

काठमाडौं । २४ घन्टामा देशभरबाट २ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ८ हजार ६ सय ६८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ हजार ६ सय १९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । यीमध्ये १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ६ सय ४४, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ८७ जना गरी उपत्यकामा ८ सय ७२ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २ सय १३ जना र भेन्टिलेटरमा ६९ जना उपचाररत छन् ।

बिहीबार देशभर ३ सय ६८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ३ सय ६८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...