काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरस संक्रमित शाह दम्पतीसँगै छोरी प्रेरणा पनि नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजाका सचिवालय स्रोतले जनाएको छ ।
यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने जटिल नरहेको बताइएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर गत आइतबार स्वादेश फर्किएका पूर्वराजा शाह दम्पतीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।