कोरोना अपडेटः २४ घन्टामा २,५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

554

काठमाडौं । २४ घन्टामा देशभरबाट २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ९ हजार ६ सय ६४ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ हजार ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । यीमध्ये १४ हजार ७ सय ५५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ७ सय ६०, ललितपुरमा १ सय ६ र भक्तपुरमा ७४ जना गरी उपत्यकामा ९ सय ४० जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ७३ जना र भेन्टिलेटरमा ५७ जना उपचाररत छन् ।

बिहीबार देशभर ४ सय १० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ४ सय १० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७६ हजार ७ सय ५५ जना पुगेको छ । निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...