नेपाललाई ओलीले भने–‘६ महिनाको कारबाही विचार गर्न सकिन्छ’

272

काठमाडौं । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालले समानान्तर गतिविधि त्यागेर सहमतिमा आए ६ महिनाको कारबाही विचार गर्न सकिने बताएका छन् ।

नागपोखरीस्थित मेरियट होटलमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई ६ महिनाको कारबाही विचार गर्न सकिने बताएका थिए । जनकपुर पुगेका नेता नेपालले ओलीसँगको भेटबारे ब्रिफिङ गर्दै सो कुराको पुष्टि गरेका थिए ।

नेता नेपालले पहिलो दिनको भेट सौहार्दपूर्ण भएपनि दोस्रो दिनको भेटमा ओलीसँग दम्भ देखिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...